Section 12
अनुसन्धान सम्बन्धी सहयोग आदान प्रदान गर्न सक्ने
(१) कुनै मुलुकको समान प्रकृतिको काम गर्ने निकायले माग गरेमा वा विभाग आफैंले आवश्यक ठानेमा पारस्पारिकताका आधारमा विभागले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको सम्बन्धमा गरेको अनुसन्धान सम्बन्धी सूचना आदान प्रदान गर्न सक्नेछ । (२) विभागले आवश्यक ठानेमा कुनै मुलुकको समान प्रकृतिको काम गर्ने निकायसँग मिलेर सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूरको संयुक्त रुपमा अनुसन्धान गर्न वा गराउन सक्नेछ । (३) विभागले उपदफा (१) वा (२) बमोजिमको सहयोग आदान प्रदान गर्ने विधि, शर्त तथा प्रकृया निर्धारण गर्न समान प्रकृतिका काम गर्ने विदेशी निकायसँग आवश्यकता अनुसार आपसी समझदारी कायम गर्न सक्नेछ । (४) उपदफा (१) बमोजिम समान प्रकृतिको काम गर्ने कुनै मुलुकको निकायबाट प्राप्त सूचनाको सम्बन्धमा समेत दफा २६ बमोजिमको गोप्यताभंग गर्न नहुने सम्बन्धी व्यवस्था समान रुपले लागू हुनेछ । (५) अनुसन्धान सम्बन्धी सहयोग आदान प्रदान सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।